मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

मलद्वारमा एक करोड मूल्यको सुन ! तीन पक्राउ

मलद्वारमा एक करोड मूल्यको सुन ! तीन पक्राउ


  • ढोरपाटन संवाददाता
  • माघ २० २०७८, बिहिबार

काठमाडौं/त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुन र मोवाइलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित तीन जनालाई आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गौर नगरपालिका–१० रौतहटका ३२ वर्षीय सुनील कुमार साह, मकवानपुर मनहरी–७ का २८ वर्षीय नवराज परियार र भोटेकोशी गाउँपालिका–३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

हिमालय एयरलाइन्स र एयर अरेबियाको विमानबाट दुबई र सारजहाबाट आएका उनीहरुलाई प्रहरीले विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको हो ।

प्रहरीले साहको साथबाट चारवटा आइफोन १३ प्रो म्याक्स तथा एक–एक वटा ५० ग्राम सुनको बेरूवा औंठी र सिक्री बरामद गरेको छभने परियारको साथबाट एउटा आइफोन १३ प्रो म्याक्स तथा दुईवटा ५० ग्राम सुनको बेरूवा औंठी बरामद गरेको छ ।

यस्तै शेर्पाले मलद्वारभित्र लुकाएर ल्याएको अर्धठोस एक किलो ५५ ग्रामको सुन प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको सुन र मोवाइलको मूल्य ९९ लाख २९ हजार ६९८ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->