आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

माओवादी केन्द्र गलकोटको अध्यक्षमा उप्रेती

माओवादी केन्द्र गलकोटको अध्यक्षमा उप्रेती


  • ढोरपाटन संवाददाता
  • माघ २० २०७८, बिहिबार

बागलुङ/ नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका पदाधिकारीको टुंगो लागेको छ । बुधबार बसेको नगर समितिको पहिलो बैठकले अध्यक्षसहित सात जना सदस्यीय पदाधिकारी चयन गरेको हो ।
यसअघि नगर सम्मेलनले नगर समितिका सदस्यहरु मात्रै चयन गरेको थियो । सम्मेलनबाट चयन भएका सदस्यहरु मध्येबाटै सात सदस्यीय पदाधिकारी चयन भएको माओबादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रले नगर समितिको अध्यक्षतामा तिलक उप्रेतीलाई चयन गरेको छ । उपाध्यक्षमा लोक गायक बिष्णु खत्रीसहित गंगा भुजेल र ललित श्रीस चयन भएका छन् । सचिवमा चन्द्रदत्त रेग्मी, सहसचिवमा भीम विश्वकर्मा र कोषाध्यक्षमा कौशिला घर्तीमगरलाई चयन गरेको छ ।
ज्येष्ठ सदस्य आत्मराम शर्माका अध्यक्षतामा बसेको बैठकले पदाधिकारीको टुंगो लगाएको माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले जानकारी दिए । ६५ सदस्यीय नगर समिति गत मंसिरमै सर्वसम्मत निर्वाचित भएपनि पदाधिकारी चयन दुई महिनापछि बल्ल भएको हो ।

आकांक्षी बढी भएपछि अध्यक्षलगायत पदाधिकारीमा सहमति जुट्न सकेको थिएन । गलकोटमा पदाधिकारी टुगो लागेसँगै माओवादी केन्द्रले जिल्लाका सबै स्थानीय तहमा संगठन तयार गरेको छ ।
यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङ नगरपालिका–९ को भेलाले नरेन्द्र बहादुर थापाको संयोजकत्वमा १९ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

कमिटीको सहसंयोजकमा नवीन थापा मगर र सदस्यहरूमा युवा संयोजक छविलाल बिक, मनबहादुर थापा, नरेश सुनार, सोमबहादर कार्की, सुजन थापा, खडकबहादुर थापा, कुमार विक, रोजित खड्का, मणि थापा, शारदा थापा, गणेश पौडेल, रत्नकली थापा, सिर्जना थापा, कमल विक, खडकबहादुर कार्की, सम्मरबहादुर थापा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->