आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

सरकार अलोकतान्त्रीक र जनबिरोधी भयो : एमाले सचिव अर्याल

सरकार अलोकतान्त्रीक र जनबिरोधी भयो : एमाले सचिव अर्याल


  • ढोरपाटन संवाददाता
  • माघ २३ २०७८, आइतबार

बागलुङ/ एमाले सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज पद्मा अर्यालले सरकार अलोकतान्त्रिक र जनबिरोधी भएको भएको बताएकी छन् । जनताका समस्यामा सरकार उत्तरदायी नरहेको भन्दै अर्यालले यस अघीको सरकारले थालेका कामहरु रोकेर सरकारले तमासा देखाएको बताईन् । ‘कोभिडको महामारी छ तर सरकार हराएको खोप समेत जोज्न सक्दैन्’ उनले भनिन् ‘मन्त्रालय थप्ने, मन्त्री बनाउने, दरबन्दीनै नभएका ठाउँमा सचिवकोनियुक्ती गर्ने र आफ्ना मान्छे सेट गर्नमा सरकार तल्लिन छ ।’

उनले निर्वाचन ढीलाइ गरेर सरकारले कानुन बिच्न खोजेको आरोप लगाईन् । सरकारले नेपालको संविधानलाई कागजको खोस्टो बनाएर लोकतन्त्र मास्न खोजेको समेत आरोप लगाइन् । आइतवार प्रेस चौतारी नेपाल, बागलुङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अर्यालले सरकारलाई नालायकको नाम समेत दिइन् ।

उनले चुच्चे नक्सा सार्वजनिक गरेको भन्दै वर्तमान सरकारले त्यो नक्साको संरक्षण गर्न नसकेको आरोप पनि लगाइन् । ‘आफ्नो भूमिमा अर्को देशले बाटो खनिरहेको छ तर सरकार सामान्य नोट समेत लेख्न सक्दैन्’ उनले भनिन्, ‘नेपाली जनताको सरकार भएपो नेपालको मायाँ लाग्थ्यो, दक्षिण सँग खुट्टा कमाउने सरकारले नेपालको बिषयमा के बोलोस् ।’ उनले एमसीसी बारे एमालेको बोल्ने बेला आईनसकेको बताईन् । सरकार बहुमतको भएको र पास गर्न चाहेमा सहजै पास हुने भएकोले एमाले बोल्नु नपरेको उनको धारणा थियो । ‘गठबन्धनकै १ सय ६५ सिट छ, त्यो बहुमत हो, एमसीसी पास गर्न चाहेको भए पास गरे भयो’ उनले भनिन्, ‘सरकारले चाहेका अरु प्रस्तावहरु पास गरेकै छ, एमसिसि एमालेतर्फ फर्काएर उम्किने मात्रै काम हो, टेवल भए छलफल गर्न एमाले तयार छ ।’ जिम्बेवार प्रतिपक्षको भूमिकामा बसेर एमालेले काम गरेको दावी गर्दै संविधान नमिच्न सरकारलाई चेतावनी पनि दिइन् । निर्वाचन नतोकेर संविधान उलंघन गरेको भन्दै सरकारको आलोचना गरेकी थिइन् ।

एमालेले सभामुखसँग एमसिसि साट्न खाजेको हो ? भन्ने पत्रकारको प्रस्नमा अर्यालले सभामुख अग्नीप्रसाद सापकोटा पार्टी फुटाउने मतियार भएको आरोप लगाईन् । एमालेले सभामुखलाई राजीनामा दिन भनिरहेकाले कोही कसैसँग सम्झौता गर्नुपर्ने बिषय नभएको बताईन् । उनले सभामुख भएर राजनीति गर्न नपाइने समेत बताइन् । ‘न सरकार जनपक्षिय छ, न सभामुख योग्य भए’ उनले भनिन्, ‘पेलेर संसद चलाउन खोज्ने, सहमति सहकार्य गर्न नखोज्नेले सभामुखको गरिमा बचाउन सक्दैनन् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->