शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बुम्दीमा क्लव भवनको उद्घाटन

बुम्दीमा क्लव भवनको उद्घाटन


  • ढोरपाटन संवाददाता
  • माघ २४ २०७८, सोमबार

स्याङजाको हरीनास २ बुम्दीमा नवनिर्मित संगम युवा क्लवको भवन तथा खेल मैदानको उद्घाटन गरीएको छ । हरीनास गाउँपालिकाको विशेष आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको भवनको गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले एक विशेष कार्यक्रमका बिच उद्घाटन गरे ।

कार्यक्रममा बाल्दै अध्यक्ष मानन्धरले देशको मेरुदण्ड युवा भएकाले युवाहरुको व्यक्तित्व विकासका लागि युवा लक्षित कार्यक्रमलाई हरीनास गाउँपालिकाले विशेष महत्व दिएको बताए ।

साथै उनले युवा संग हातेमालो गरेर अघि बढन सधै तयार रहेको बताउदै युवाहरुको साथ र उत्साहको लागि आभार समेत व्यक्त गरे । कार्यक्रममा हरीनास गाउँपालिकाका उपाध्यक्ष झनमाया पराजुली वडा नं २ का वडाध्यक्ष पर्शुराम सिग्देल,वडा नं ३ का अध्यक्ष लेख बहादुर क्षेत्री,नेकपा एमाले हरीनासका उपाध्यक्ष ओम सिग्देल लगायतकाले बोलेका थिए ।

यसबीच अध्यक्ष सँग जनता कार्यक्रमकै सिलसिलामा विभिन्न टोलमा महिलाहरुलाई पोशाक वितरण गरीएको छ । बाहुन्दी आमा समुह ,सिर्जना आमा समुह खहरे,दग्दीबजार आमा समुह र बैरेनी आमा समुहलाई पोशाक वितरण गरीएको स्वकीय सचिब सन्त थापाले जानकारी दिए । पोशाक ग्रहण पछि महिलाहरुले संस्कृति ,भेषभुषा जगेर्ना गर्ने हरीनास गाउँपालिकाको प्रयासप्रति धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->