आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कमल थापाले छोडे राप्रपा

कमल थापाले छोडे राप्रपा


  • ढोरपाटन संवाददाता
  • माघ २५ २०७८, मंगलबार

हेटौडा/ राप्रपाका पूर्व–अध्यक्ष कमल थापाले पार्टी त्यागको घोषणा गरेका छन् । मंगलबार गृहजिल्ला मकवानपुर पुगेका थापाले पार्टी छाडेको घोषणा गरेका हुन् ।
थापाले पार्टी भित्र देखा परेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गर्ने आफ्नो चाहना सुनुवाइ नहुने देखेपछि पार्टी त्यागको अप्रिय निर्णय लिनुपरेको बताए ।

राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टीमा रमाउने आफ्नो उत्कट चाहना पुरा गर्न नपाएको भन्दै थापाले दुस्ख व्यक्त गरेका छन् । स्मरणीय छ थापाले राप्रपा त्याग्ने कल्पना त गरेका थिएनन् नै तर पार्टी एकताताक पार्टी विभाजन नगर्ने भन्दै गीता छोएर कसम समेत खाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->