शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दी खोलामा लगानीको अवसर

म्याग्दी खोलामा लगानीको अवसर


  • ढोरपाटन संवाददाता
  • माघ २८ २०७८, शुक्रबार

बेनी / पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनामा प्रभावित र म्याग्देलीलाई आगामी फागनु मसान्तभित्र लगानी खुल्ला गरिएको छ । धौलागिरी कालिका हाइड्रो कम्पनीले म्याग्दी खोलामा २५ मेगावाटको जलविद्युत आयोजना आगामी ३ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाले ३० प्रतिशत बराबरको शेयरका लागि आगामी फागुन महिनासम्मको समय तोकेको छ ।म्याग्दी खोलामा न्यूनतम १ लाखदेखि १० लाखसम्म लगानी गर्न पाइने कम्पनीका अध्यक्ष विनोद कुँवरले बताए ।

‘संस्थापक लगानीकर्ता बन्न चाहनेलाई यो समयभित्र लगानी गर्न अनुरोध गर्दछु,म्याग्दी खोलामा गरिएको लगानी खेर जाँदैन’, अध्यक्ष कुँवरले भने । उनले किस्ता तिर्न बांकी लगानीकर्ताहरुलाई पनि सोही समयावधि कायम गरिएको बताए । आयोजनामा सानिमा बैंकको नेतृत्वमा प्रभू बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी रहेको छ । हाल साइट अफिस, कर्मचारी आवास, लेवर क्याम्प निर्माण सम्पन्न भएको छ भने आयोजनास्थलसम्म पहुंँच मार्ग निर्माणसहित अन्य पूर्वाधार र विष्फोटक पदार्थ व्यवस्था गरी सुरुङ निर्माण कार्य भइरहेको प्रवन्ध निर्देशक हर्कमान घर्ती मगरले बताए । आगामी डेढ वर्षसम्म सर्वसाधारणका लागि शेयर निस्कासन गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ ।

परियोजनामा स्थानीय लगानिकर्ताहरुका साथै म्याग्दीमा जन्मिएर प्रवासमा रहेका लगानीकर्ताहरुको बाहुल्यता रहेको छ। एनआरएनए हङकङ समूह, काठमाडौं म्याग्दी इन्भेष्टमेण्ट कम्पनी र ग्लोबल फ्रेण्डसिप क्यापिटल लिमिटेड मुख्य प्रवर्तक रहेको आयोजनाको २१ करोड प्रति मेघावाटभन्दा कम नै लाग्ने गरी काम गरिरहेको छ । लागत वृद्धिमा कोरोनाको कारण काम ठप्प, ठेकेदारको लापरबाही तथा ढिलासुस्तीबाट परियोजना अवधि थप, प्रर्वधकहरूमा आर्थिक अनुशासनमा कमी जस्ता विविध कारणले भएपनि आयोजनाले अन्य खर्चहरुलाई कम गदै प्रति मेगावाट लागत २१ करोडभन्दा तल नै राख्ने गरी काम गरेको जनाएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत बिमको सबस्टेसनमार्फत केन्द्रीय प्रसारणमा जोडिनेछ । हिउँदको चार महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायामको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्रीको सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->