शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीबाटै ई–पासपोर्ट लिन थालियो

म्याग्दीबाटै ई–पासपोर्ट लिन थालियो


  • ढोरपाटन संवाददाता
  • माघ २८ २०७८, शुक्रबार

बेनी/ जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट विद्युतीय राहदानी अर्थात् ई–पासपोर्ट आवेदन लिन थालिएको छ । राहदानी विभागको जिल्ला प्रशासन कार्यालयमा आवश्यक उपकरण जडान तथा कर्मचारीलाई प्रशिक्षाण् दिएपछि अब ई–पासपोर्ट वितरण लिएर विभागमा लाइन लाग्नुपर्ने बाध्यता हटेको छ ।जिल्ला प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन संकलन सुरु भइसकेको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बताए । ‘अहिले कति दिनमा आइपुग्छ भन्ने जानकारी छैन्,सबै सहज हुँदै गएमा धेरै दिन कुर्नुपदैन’, शर्माले भने । ई–पासपोटका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।

आवेदन दिनेहरूले अनलाइनमा विवरण भरेपछि जिल्ला प्रशासन कार्यालयबाट बाँकी काम सम्पन्न गरी विभागमा पठाइने छ भने विभागबाट प्राप्त भएपछि निवेदनकर्ताले पाउने छन् । राहदानी फाँटबाट विभिन्न तीन चरणमा विवरणको रुजु र प्रमाणीकरण गरेपछि मात्रै विभागमा पठाउने गरिन्छ । विभागले जिल्लाको हकमा पनि दुईसातासम्म पासपोर्ट उपलब्ध गराउन सकिने जनाएपनि हाल अनलाइनमा तोकिएको समयमै जिल्लाबाट आवेदन दिन व्यक्तिले तेस्रो दिन इ–पासपोर्ट पाउने प्रशासनले जनाएको छ। आवेदनकर्ता विभागमा गए १२ हजार शुल्क लाग्छ भने जिल्लाबाटै लिन चाहेमा ५ हजारमै उम्किने अवस्था छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->