बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एमसिसिले नेपाल भूराजनीतिक द्वन्द्वमा फस्दै : उपसभापति गुरुङ

एमसिसिले नेपाल भूराजनीतिक द्वन्द्वमा फस्दै : उपसभापति गुरुङ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०७८, आइतबार

बागलुङ/नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एमसिसिलाई नेपालमा राजनीतिक मुद्दाको रुपमा आफ्नो फाईदाका लागि उपयोग गर्न खोज्दा अहिले भूराजनीतिक द्वन्द्वमा नेपाल फस्दै गएको बताएका छन् ।
आइतबार नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ को पार्टी कार्यालय उद्घाटन गर्दै उपभापति गुरुङले राष्ट्रिय सहमतिमा एमसिसि कार्यन्वयन गर्ने या फिर्ता गर्ने निर्णय हुनुपर्ने बताए । ‘दुई शक्ति राष्ट्रहरु अमेरिका र चीनका भूराजनीतिक चपेटामा एमसीसीका कारण नेपाल पर्ने अवस्थामा पुगेको छ’ गुरुङले भने, ‘हामी चाहेर नचाहेर अब शक्ति राष्ट्रको टकराब बन्ने अवस्थामा देखिएकाले विवेकपूर्ण ढङ्गबाट निर्णय गर्नु पर्नेछ ।’ आफै प्रधानमन्त्री हुँदा अगाडि बढाएको योजनाको विषयमा भोटको राजनीतिका लागि प्रचण्डले यो कार्यान्वयन गर्न नहुने तर्क पेश गरेको गुरुङले दाबी गरे ।
‘हामी जानेर वा नजानेर यो विषयलाई बहसमा ल्याउन सकेनौं, अहिले काठमाडौंका महलमा बस्नेदेखि गाउँमा झुपडीमा बस्नेसम्मले एमसिसि राष्ट्रघाती हो भन्न थालेपछि हामीलाई भोटको माया लागेर भोटको राजनीति गर्न थालेका छौं’ गुरुङले भने । एमसिसिको विषयमा निर्णय गर्नुपूर्व अस्वीकार गर्ने श्रीलङ्का र एमसीसी कार्यान्वयन गरेको मंगोलियाको अध्ययन गर्नुपर्ने उनले धारणा राखे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->