बागलुङ/ एकिकृत ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)का बीच रहेको बिबाद समाधान भएको छ । एकिकृत ट्रेड युनियन महासंघका काम कारवाही रोक्नका लागि श्रमअदालतमा परेको मुद्धा फैसला भएपछि बिबाद टुंगोमा पुगेको हो । जिफण्टले एकिकृत ट्रेड युनियन महासंघ मजदुरको संगठन नभएको भन्दै बैधानिकता नदिन श्रम अदालतमा मुद्धा तर्दा गरेको थियो । श्रम अदालतको फैसला पछि प्रेस बिज्ञप्ती जारी गर्दै एकिकृत ट्रेड युनियन महासंघका महासचिव दिपक पौडेलले सत्यको जीत भएको उल्लेख गरेका छन् । उनले संगठनका रोकिएका सबै काम कारवाही अघी बढाउन आग्रह समेत गरेका छन् । एकिकृत ट्रेड युनियन महासंघले गण्डकी प्रदेशमा समेत संगठन बिस्तार तत्काल गर्ने जनाएको छ । अबको केही दिनमानै गण्डकी प्रदेश कमिटि गठन हुने केन्द्रिय सदस्य तील बहादुर बि.क.ले बताए ।





