बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एमसिसि बिरुद्ध बागलुङमा राजमोको कोणसभा

एमसिसि बिरुद्ध बागलुङमा राजमोको कोणसभा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ८ २०७८, आइतबार

बागलुङ/राष्ट्रिय जनमोर्चा सहितका गठबन्धनले एमसिसीको बिरोध गरेका छन् । उनीहरुले एमसिसि खारेजीको माग समेत गरे ।

आइतवार बिरोध ¥याली र जिल्ला प्रशासन अगाडि कोणसभा गर्दै आन्दोलनकारीले एमसिसि खारेज नभए देशमा ठूलो आन्दोलनको आँधिवेहरी आउने चेतावनी दिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले एमसिसि भनेको नेपाललाई अमेरिकी सैन्य अभ्यासमा लैजाने खेल भएको बताए । उनले शक्ती राष्ट्रहरुको सैन्यखेलको भूमरिमा नेपाल पर्न लागेको भन्दै त्यसबाट बचाउनु पर्ने धारणा राखे । ‘स्वाभिमानी नेपालीले पचाउनै नसक्ने एमसिसि सम्झौताले देश ध्वस्त हुनेछ’ उनले भने, ‘दोधारे कुरागर्नेबाट देश झनै खतरामा परेको छ ।’ संसदबाट पास गर्नकालागि कांग्रेसले अगुवाइ गरेको, एमाले, माओावादी र नेकपा एसले दोधारे कुरा गरेको उनको टिप्प्णी थियो ।

कार्यक्रममा नेकपा मसालका प्रवक्ता मेखलाल पाइजा, नेकपाका महेन्द्र बिक, नेकपा माओावदी क्रान्तिकारीका पूर्णबहादुर गुरुङ लगायतले बोलेका थिए । उनीहरुले अमेरिकी साम्राज्यबादको अवशेषका रुपमा एमसिसि आएको बताए । उनीहरुले बिकासको नाउँमा भित्रिएको एमसिसि संसदबाटै पारित हुनुपर्ने धारणा राख्नुलेनै यो देश बिरोधी भएको पुष्टी भएको पनि बताए । अन्य बिकास अनुदानमा अहिले सम्म संसदबाट पास गर्नु नपरेकोमा यो त्यस्तो हुनु दुर्भाग्य भएको पनि बताए । कार्यक्रम राजमोका नेता भिमसेन वनको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यस अघि नाराबाजी गर्दै एमसिसि बिरुद्ध ¥याली गरिएको थियो । केही दिनदेखि साना दलहरुको गठबन्धनले एमसिसिको बिरोध गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->