बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

घाइतेहरुको उपचार व्यवस्था गर्न जनमोर्चाको माग

घाइतेहरुको उपचार व्यवस्था गर्न जनमोर्चाको माग


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ९ २०७८, सोमबार

बागलुङ/ सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी सहायता परियोजना, एमसिसीकाविरुद्धमा आइतबार काठमाडौँमा गरिएको नागरिक प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गरेका छन् ।

अध्यक्ष केसीले आज विज्ञप्ति जारी गरी आन्दोलनमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको व्यवस्थासमेत सरकारले गर्नुपर्नेमा जोड दिएका छन् ।

सो विज्ञप्तिमा उनले आफ्नोे पार्टीले सुरुदेखि नै एमसिसी सम्झौताको विरोध गर्दै आएको पनि स्पष्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->