आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

मुख्यमन्त्री–बेलायती राजदूतबीच भेटवार्ता

मुख्यमन्त्री–बेलायती राजदूतबीच भेटवार्ता


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०७८, मंगलबार

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत निकोला क्याथरिन पोलिटबीच सोमबार पोखरामा औपचारिक भेटवार्ता भएको छ ।
सो अवसरमा मुख्यमन्त्री पोखरेललेजलवायू परिवर्तन अनुकुलन र विपद् व्यवस्थापन पर्यटन पूर्वाधार विकास र आय आर्जन र ठूला पूर्वाधार निर्माणमा सहयोगजस्ता क्षेत्रमा बेलायतबाट प्रदेश सरकारले थप सहयोगको अपेक्षा गरेको बताए ।
बेलायती राजदूत निकोलाले जलवायू परिवर्तन अनुकुलन र पर्यटन प्रवद्र्धनका लागि बेलायत सरकारले सहयोग जारी राख्ने प्रतिवद्धता जनाइन् । गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. रघुराज काफ्लेले प्रथम पञ्चवर्षीय योजनाका माध्यमबाट बहुआयामिक गरिबी सूचकांक १४ दशमलव २ बाट ७ प्रतिशतमा झार्ने, औसत आर्थिक वृद्धिदर १० दशमलव २ प्रतिशत पु¥याउने लक्ष्य राखेकोसुनाए ।

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->