शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

यौन दुव्र्यवहार गर्ने पुरुष पक्राउ

यौन दुव्र्यवहार गर्ने पुरुष पक्राउ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०७८, मंगलबार

पोखरा/ पोखरामा १५ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
आइतबार दिउँसो करिब साढे २ बजे बालिकालाई यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो । उनलाई पोखरा १० रामबजारबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । ै पक्राउ परेका व्यक्तिको परिचय गोप्य राखेरै थप अनुसन्धान अगाडि बढाइएको तिवारीले जानकारी दिए । ‘बालिकाको मनोसामाजिक र मानसिक असर पर्नसक्ने भएका कारण हामीले पीडकको परिचय खुलाउन सकेनौँ । वास्तविकता के हो अनुसन्धान भइराखेको छ’, उनले भने ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->