शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

रुखबाट खसेर रूमका थामबहादुरको मृत्यु

रुखबाट खसेर रूमका थामबहादुरको मृत्यु


  • ढोरपाटन संबाददाता
  • फाल्गुन ११ २०७८, बुधबार

बेनी/ बेनी नगरपालिका–७, वीरेन्द्रचोकमा रहेको पीपलको रुख काटछाँट गर्दा लडेर एकजनाको मृत्यु भएको छ ।

पीपलको रुखको हाँगा काट्ने क्रममा लडेर गम्भीर घाइते भएका मालिका गाउँपालिका २ का थामबहादुर पुनको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो । मृतक पुनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

जिल्लाको प्रशासनिक केन्द्र समेत रहेकाले सर्वसाधारणको धेरै चहलपहल हुने भएकाले रुखमा रहेका पुराना र भाँचिने अवस्थाका हाँगो काटछाँट गर्ने क्रममा अड्किएको मुढा पल्टाउँदा एक्कासी खसेको प्रत्यक्षदर्शीको भनाइ छ ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईका अनुसार मृतक पुनको शव पोस्टमार्टमका लागि बेनी अस्पतालमा ल्याइएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->