शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

चर्चित ¥यापर आशिष ५० हजार धरौटीमा रिहा

चर्चित ¥यापर आशिष ५० हजार धरौटीमा रिहा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ११ २०७८, बुधबार

पोखरा/चर्चित ¥यापर लाउरे ( आशिष राना) झण्डै २ महिनाको हिरासत बसाइपछि धरौटीमा रिहा भएका छन् । लागूऔषध मुद्दामा गएको पुस १५ गते पक्राउ परेका उनी मंगलबार जिल्ला अदालत कास्कीमा न्यायधीश बाबुराम सुवेदीको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो । थुनछेक बहसपछि लाउरे ५० हजार धरौटीमा छुटेका हुन् ।

लागु औषधसहित पक्राउ परेका लाहुरेको सोमबार बयान भएको थियो । पोखरामा गत पुस १५ गते बिहिवार राति चर्चित ¥यापर लाहुरेसहित २ जना पुरुष र १ जना महिला पक्राउ परेका थिए । उनीसँगै पक्राउ परेका पोखरा २१ का ३९ वर्षीय ध्रुव थापा,पोखरा ७ का बिक्की भनिने नवीन गुरुङ र स्याङ्जा भीरकोट घर भइ हाल पोखरा बस्ने २२ वर्षीया सुस्मिता गुरुङ भने हिरासतमै छन् ।

सुस्मिताको साथबाट पहिला ०.५१ ग्राम ब्राउन सुगर बरामद भएपछि पोखरा सभागृह नजिकै सुस्मिताको कोठाबाट १२.५० ग्राम ब्राउन सुगर भेटिएको थियो ।प्रहरीले उनीहरुको साथबाट जम्मा १३.०१ ग्राम लागूपदार्थ भेटेको हो । प्रहरी निरिक्षक खगेन्द्र अधिकारीको कमाण्डरमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीको लामो अनुसन्धानको क्रममा लाउरेले आफू लागूऔषध सेवन नगरि स्टेज चढ्न र गीत गाउनै नसक्ने वयान दिएका थिए । लागू पदार्थ सेवन तथा अपराधलाई विषयबस्तु बनाइएका ¥यापर लाउरेको हाउडे, केस नम्बर ४२० नम्बरजस्ता गीतहरु चर्चित छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->