शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

धवलागिरी गाउँपालिकाको आफ्नै एम्बुलेन्स

धवलागिरी गाउँपालिकाको आफ्नै एम्बुलेन्स


  • हरिकृष्ण गौतम
  • फाल्गुन ११ २०७८, बुधबार

बेनी/ म्याग्दीको धवलागिरी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गाउँपालिकाका बिरामीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले भन्सार छुटमा गाउँपालिकाको स्वामित्वमा रहने गरी एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । कोरोनाको पहिलो र दोस्रो लहरमा निजी सवारीसाधनलाई भाडामा लिएर सेवा दिएको गाउँपालिकाले करिब १३ लाखको लागतमा एम्बुलेन्स ल्याएको गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले बताइन् । ‘गाउँपालिकालाई आफ्नै एम्बुलेन्स नहुँदा कोरोनाको जोखिममा धेरै समस्या भयो,‘सबैको सल्लाह लिएर अगाडी बढ्छौ’,अध्यक्ष पुनले भनिन्।

गाउँपालिकाले खरिद गरी ल्याएको एम्बुलेन्स सेवा सञ्चालन सम्बन्धी कार्यविधि तयार गर्ने, मर्मत तथा सञ्चालन कोष बनाएर सेवा दिने बताईन् । नीति तथा कार्यक्रममा एम्बुलेन्सको व्यवस्था गरिएपनि कोरोना लगायत विभिन्न कारणले समयमै सेवा उपलब्ध गराउन नसकिएको अध्यक्ष पुनको भनाई छ । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले सेवा प्रवाहका लागि करिब १० प्रतिशत काम बाँकी रहेको बताउँदै कार्यपालिकाको बैठकबाट चालक सहित अन्य ब्यवस्थापन गरी यसै महिनादेखि सञ्चालन गरिने बताए ।

७ वटा वडा रहेको गाउँपालिकामा गूर्जा बाहेक सबै वडामा सडक सञ्जाल पुगेको छ । गाउँपालिकाको एम्बुलेन्स सञ्चालनमा आएपछि बिरामीले छिटो, सहज र सर्वसुलभ तरिकाले बिरामीले सेवा पाउने उपाध्यक्ष छन्त्यालको भनाई छ । गाउँपालिकाले विपन्न सुत्केरी, ज्येष्ठ नागरिक, दुर्घटनाका घाइते र सुत्केरीलाई एम्बुलेन्सले सहज हुने स्वास्थ्यकर्मीको भनाई छ । गाउँपालिकाले निःशुल्क तोकेको बाहेकलाई न्यूनतम शुल्कमा सेवा दिने बताइएको छ । म्याग्दीका अन्य स्थानीय तहको स्वामित्वमा हालसम्म एम्बुलेन्स सेवा सञ्चालनमा छैन । म्याग्दीमा रेडक्रस सोसाईटी, प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ, बेनी अस्पतालले सञ्चालनमा ल्याएको एम्बुलेन्सबाट सर्वसाधारणले न्यूनतम मूल्यमा सेवा पाइरहेका छन् । मोना यूकेलेसमेत जिल्mलाभरी सेवा दिने गरी यसअगाडी ३ वटा एम्बुलेन्स सहयोग गरेको थियो ।
धवलागिरी गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->