मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

‘दीगो विकासका लागि शिक्षा’

‘दीगो विकासका लागि शिक्षा’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ११ २०७८, बुधबार

बागलुङ\नेपालले दीगो विकास लक्ष अनुसारको शिक्षामा सुधार गर्नुपर्ने सरोकारवालाले बताएका छन् । दिगो विकास लक्ष्यले राखेका सूचकमध्ये शिक्षाको सूचक पुरा हुने क्रममा रहेको समेत उनीहरुको भनाई छ ।
दिगो विकास लक्ष, राष्ट्रिय कार्यढाँचामा सरोकारवालाको क्षमता विकाससम्बन्धी मंगलबार भएको कार्यक्रममा सहभागीले नेपालले प्रतिव्यक्ति आयबाहेकका अन्य सूचक पुरा गर्ने क्रममा रहेको जानकारी गराए ।
युनेस्को र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना र शिक्षा विकास तथा समन्वय इकाइ बागलुङको संयोजनमा बागलुङ, पर्वत र म्याग्दीका शिक्षक, स्थानीय पालिकाका शिक्षा हेर्ने अधिकारी तथा जनप्रतिनिधिका लागि आयोजित अन्तरक्रियामा सहभागीले आफ्नो क्षेत्रमा शिक्षाको गुणस्तर विकास गर्दै लक्ष प्राप्तीका लागि काम गर्नुपर्ने धारणासमेत राखे ।
कार्यक्रममा युनेस्को आयोग सचिवालयका सचिव गोबिन्द अर्याल र अधिकृत पदमराज जोशीले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमा युनेस्कोको अभियान, संयुक्त राष्ट्रसंघ र युनेस्कोमार्फत शिक्षा, संस्कृति र संचार क्षेत्रमा भएको लगानी तथा कार्यक्रम र दिगो विकास लक्षमा पुग्नका लागि चालिनुपर्ने कदमबारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा स्थानीय पालिकाका सामाजिक विकास समितिका पदाधिकारीसमेत भएकोले नीतिगत र कार्यक्रमका हिसाबले अभियानको सफलतामा काम गर्न सक्ने उनीहरुको धारणा थियो ।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कुश्मराज उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिका सामाजिक विकास समितिका अध्यक्ष गणेशबहादुर थापाले शिक्षाको गुणस्तरमार्फत देशमा दक्ष जनशक्ती उत्पादन गर्न पहल भएको बताए । उनले शिक्षक नियुक्तीदेखि गुणस्तर सुधारमा सबैको सहयोग चाहिने पनि बताए । दुइ दिनसम्म चल्ने कार्यक्रममा तीन जिल्लाका २० जनाको सहभागिता छ ।
शिक्षा मन्त्री अध्यक्ष रहने युनेस्को आयोगले नेपालमा शिक्षा, विज्ञान, संस्कृति, आमसंचार, सामाजिक, लगायतका क्षेत्रमा काम गर्दै आएको छ । सरकारी संस्था, गैरसरकारी संस्था, निजीक्षेत्रको क्षेत्रमा काम गर्दा मानव मस्तिष्कमा शान्तिका आधारको निर्माण गर्ने, समानता र मर्यादामा आधारित शान्त, सुरक्षित र समृद्ध विश्वको निर्माण गर्ने जस्ता काम समेत गर्दै आएको अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->