पोखरा/ गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक प्रयास आवश्यक हुने बताएकी छन् ।
पोखरा ९ वसपार्कस्थित सहारा आधारभूत विद्यालयको २५ औं वार्षिकोत्सवका अवसरमा नवनिर्मित पक्की भवनको बुधबार उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयमा राज्यको लगानी अनुसार प्रतिफल प्राप्त हुन नसकेको बताइन् ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाईको ७७ लाख १० हजारको लागतमा दुई तल्ले चार कोठे भवन निर्माण सम्पन्न गरिएको हो । विद्यालयमा हाल दुई सय ६१ जना छात्रछात्रा अध्ययनरत छन् ।कार्यक्रममा शिक्षा निर्देशक घनश्याम पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न सवै पक्षको साथ र सहयोग आवश्यक पर्ने बताए । प्रधानाध्यापक लोचना अधिकारले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शिक्षा महाशाखा एवम् डायल नेपालद्धारा व्यवस्था गरिएको दिवाखाजा कार्यक्रले विद्यार्थीको संख्यामा वृद्धि गर्न सहयोगी बनेको बताइन् ।





