आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

‘एमसीसी असफल गराएर गठबन्धन जोगिदैन’

‘एमसीसी असफल गराएर गठबन्धन जोगिदैन’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०७८, शुक्रबार

तनहुँ/ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी असफल गराएर पनि गठबन्धन जोगाउने सपना नदेख्न सत्ता साझेदार दल एकीकृत समाजवादी र माओवादी केन्द्रलाई चेतावनी दिएका छन् । उनले एमसीसी राष्ट्र विकासको अवसर बताउँदै भने,‘यत्रो ठूलो अवसरलाई तपाईहरुले गुमाइदिने । तपाईंहरुसँग मिलेर गाँस्सिएर बस्नुपर्ने भन्ने के छ कांग्रेसलाई ? कांग्रेस पास गराउन चाहन्छ ।’

एमसीसी अमेरिक जनताको उपहार भएकाले जसै पास गर्नुपर्ने उनको धारणा थियो । कांग्रेसको धारणा पनि एमसीसी पास गर्ने भएकाले माधव नेपाल र प्रचण्डले असहयोग गरे अर्को विकल्प खोज्ने उनको चेतावनीथियो । ‘अर्को विकल्प खोज्दा केपी ओलीको माग पुरा गर्दिनुपर्ने स्थिती आउँछ’, उनले भने । उनी प्रेस युनियन तनहुँले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थिए । वरिष्ठ नेता पौडेलले निर्वाचनमा कांग्रेस एक्लै जानुपर्ने र गठबन्धन गर्नुपर्ने दुईवटा धार देखा परेको भन्दै अहिलेको परिस्थितिका कारण गठबन्धन आवश्यक रहेको टिप्पणी गरे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->