पोखरा/ अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सडकमा निस्केको छ । राप्रपा कास्कीले बिहीबार पोखरामा बीपी कोइरालाको शालिकमुनिबसेर एमसीसीको विरोधमात्रै गरेन,‘गणतन्त्र धोका हो’ भन्दै नारासमेत लगाए ।
बीपीको शालिकमुनि बसेर राप्रपाका नेताहरुले नेपाली कांग्रेसलगायत कम्युनिष्ट पार्टीहरु राष्ट्रघाती रहेको आरोप समेत लगाए । उनीहरुले एमसीसी पास भए रगतको खोला बगाउने चेतावनी दिए । राप्रपाका केन्द्रीय महामन्त्री सन्दिप कुवँरले नेताहरुले धर्म बेचिसकेको र अहिले अमेरिकालाई देश नै बेच्न लागेको आरोप लगाए ।





