आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

‘जनताको मन छुने काम गरेका छौं’

‘जनताको मन छुने काम गरेका छौं’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०७८, आइतबार

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकारले छोटो अवधिमै जनताको मन छुने कामको सुरुवात गरेको जिकिर गरेका छन् । आफू नेतृत्वको सरकार गठन भएको आठ महिनाको अवधिमा लोकप्रिय काम गर्न सफल भएको उनको दावी छ ।

सरकारले १ फागुनदेखि प्रदेशभर रगत निःशुल्क उपलब्ध गराउने निर्णय गरेको उल्लेख ग¥यो,यो निर्णयले जनतालाई राहत मिल्नेछ’,शनिबार तनहुँको व्यास–१०, दुम्सीचौरस्थित भानु माध्यमिक विद्यालयको आयोजित स्वर्ण महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले भने,‘अब प्रदेशका जनताले रगत निःशुल्क पाउँछन्, त्यसको शुल्क सरकारले व्यहोर्छ ।’

कोरोनाबाट मृत्यु भएकाका परिवारलाई ५० हजार रुपैयाँ राहत दिने र अभिभावक गुमाएका बालबालिकालाई १८ वर्ष उमेर नपुगेसम्म मासिक पाँच हजार रुपैयाँ राहत दिने कामको सुरुवात पनि सरकारको महत्वपूर्ण काम भएको उनले बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, प्रदेश सभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने लगायतले शैक्षिक सुधार गर्नुपर्नेमा जोड दिएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->