पोखरा/ नेपाली कांग्रेस पोखरा २६ ले शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिबीचको अन्तरक्रियाको कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाटले उद्घाटन गरे । उनले आउँदो चुनावलाई हेरेर सत्तामा भएको कांग्रेसले राम्रो काम गर्नुपर्ने बताए ।
कार्यक्रममा कांग्रेस गण्डकीका सहमहामन्त्री कोपिला रानाभाट, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का पूर्वसभापति बृजमान गुरूङ, महाधिवेशन प्रतिनिधिहरु शिरोमणि लामिछाने,गिरिराज गौतम, गण्डकी प्रदेश सदस्य अप्सरा केसी , कास्की क्षेत्र नं एक क का उपसभापति निर्मला ढुंगाना, नेता हरि अधिकारी , तिलकशाली सापकोटा, सुदीप ढुंगाना, तीर्थ रानाभाट, कृष्णमोहन भट्टराई , राजु गुरूङ , कृष्ण भाट , सूर्य बस्ताकोटी , ठाकुर रानाभाट, बेणिमाधव अधिकारीलगायतले मन्तव्य राखेका थिए । कांग्रेस पोखरा २६ का सभापति शिवबहादुर रानाभाटको सभापतित्वमा भएको कार्यक्रममा उपसभापति ध्रुव बिक तथा सचिव ईश्वरीप्रसाद अधिकारीले पनि बोलेका थिए ।





