आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

निसिखोलामा एमालेले निर्वाचन केन्द्रित अभियान थाल्ने

निसिखोलामा एमालेले निर्वाचन केन्द्रित अभियान थाल्ने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०७८, आइतबार

बागलुङ/ नेकपा एमाले निसीखोला गाउँपालिका–६ बागलुङले निर्वाचन केन्द्रित अभियान सुरु गरेको छ । शनिवार बसेको बैठकले पार्टीका सबै कार्यक्रमलाई निर्वाचन केन्द्रित गर्ने निर्णय गरेको हो । वैठकमा बाल्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य टंक प्रसाद पौडेलले नेकपा एमालेको नीति र नेतृत्व मुलुकको आर्थिक विकास र सामाजिक रुपान्तरणको मुख्य सारथी भएको दावी गरे ।

कार्यक्रममा जिल्ला सचिवालय सदस्य रुद्र पौडेल, जिल्ला सदस्य लिला बुढा, गाउँ कमिटि अध्यक्ष भूमिराज घर्ति, गाउँ कमिटि सदस्य सन्तोष विक लगायतले बोलेका थिए ।
वैठकले आगामी फागुन २१ गतेभित्र वडाका सबै टोलहरुमा टोल कमिटि गठन गर्ने र सबै कमिटिहरुलाई निर्वाचन केन्द्रीत अभियानमा सक्रियता पूर्वक लाग्न निर्देशन दिने निर्णय गरेको पालिका अध्यक्ष भूमिराज घर्तिले दिए ।
वडा कमिटि अध्यक्ष कुमबहादुर बुढाको अध्यक्षता भएको वैठकको सञ्चालन नरविर विक र स्वागत दिपेश घर्तिले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->