बागलुङ/ नेकपा एमालेको जनसंगठन अखिल नेपाल महिला संघ बागलुङ नगर कमिटिको सम्मेलन शनिवार सम्पन्न भएको छ । सम्मलेनको उद्घाटन गर्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा संघीय सासद मन कुमारी केसी जिसीले महिलालाई आर्थिक रुपमा सवल र सामाजिक रुपमा सक्षम बनाउनका लागि राजनीतिमा सक्रिय बनाउनु पर्नेमा जोड दिइन् । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सावित्रा राना, गण्डकी प्रदेश कमिटि सदस्यहरु गीता शर्मा, भीमा अधिकारी र हुमा कुमारी जिसी (अञ्जु), जिल्ला कमिटि सचिवालय सदस्य हुमा खड्का लगायतले बोलेका थिए । भेला अखिल नेपाल महिला संघ नगरकमिटिका अध्यक्ष लक्ष्मी बोहोराको अध्यक्षता, रत्न खड्काको स्वागत र सरस्वती शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । सम्मेलनबाट रत्न खड्काको अध्यक्षतामा ३५ सदस्य अखिल नेपाल महिला संघ बागलुङ नगरपालिका कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा पहेली थापा, सचिवमा पम्फा खड्का, सहसचिवमा शान्ति शर्मा र कोषाध्यक्षमा कमला खत्री रहेका छन् ।





