मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

प्रेस चौतारी गण्डकी प्रदेशको अधिवेशन बिहिबार हुने

प्रेस चौतारी गण्डकी प्रदेशको अधिवेशन बिहिबार हुने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १६ २०७८, सोमबार

पोखरा/ प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको ऐतिहासिक प्रथम अधिवेशन फागुन १९ गते बिहिबार पोखरामा हुने भएको छ । साइमन पार्टी प्यालेस सिर्जनाचोकमा बिहान १० बजे सूरु हुने अधिवेशनको तयारीलाई तिव्रता दिइएको अध्यक्ष सुष्मा पौडेलले जानकारी दिइन् ।

प्रदेश अधिवेशनलाई भव्य बनाउन आयोजक समिति निर्माण गरेर कार्य अगाडि बढाइएको अध्यक्ष पौडेलको भनाई छ । ‘प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन बिहिबार हुँदैछ, अधिवेशनको तयारीमा तिव्रता दिदैं भव्य बनाउने प्रयास गर्दैछौं’ अध्यक्ष पौडेलले भनिन् ।

अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका २ सय ५० जना प्रतिनिधि सहभागी हुनेछन् । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा हुने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->