बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जनमोर्चाबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश

जनमोर्चाबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश


  • हेम बिश्वकर्मा
  • फाल्गुन १६ २०७८, सोमबार

बागलुङ/ जिल्लाको ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडा अध्यक्षनै एमालेमा प्रबेश गरेका छन् । ढोरपाटन नगरपालिका–२ को वडाध्यक्षमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित युवराज महतसहित राजमोका कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् । नगर सचिव ज्ञानप्रसाद कँडेलका अनुसार सोमबार मात्रै १५५ बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

बुर्तिबाङमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदय तुल्सीराम अर्याल, प्रदेश सदस्य तथा नगरप्रमुख देव कुमार नेपाली, प्रदेश सदस्य दधिराम अर्याल लगायतले स्वागत गरेका थिए ।
एमालेमा प्रवेश गरेका युवा नेता महतले विकास र सामाजिक न्यायका लागि एमाले रोजेको बताए । आफ्ना वडाका जनताको चाहाना पनि एमाले नै रोज्ने भएकाले उनीहरुलाई सही ठाउँमा अवतरण गरेको महतको भनाई थियो ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सचिवालय सदस्य अर्यालले सत्ताका लागि देश बेच्नसमेत पछि नपर्ने पात्रहरुले देश नै दुर्घटनातिर लगेको आरोप लगाए । कार्यक्रममा बोल्दै प्रदेश सदस्य तथा नगरप्रमुख देव कुमार नेपालीले जनतालाई ढाट्ने र झुटको खेती गर्ने नेताका दिन गएको बताए ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य दधिराम अर्याल, प्रदेश सदस्य टंक प्रसाद पौडेल, बयोवृद्व कम्युनिस्ट नेता खुमलाल पौडेल, एमाले जिल्ला उपाध्यक्ष लक्ष्मण पुन, जिल्ला सचिवालय सदस्य करमति पुनलगायतले बोलेका थिए ।
कार्यक्रम नगर कमिटी अध्यक्ष रितुवर्ण पौडेलको अध्यक्षता, प्रगतिशिल प्राध्यापक संघका अध्यक्ष उत्तम महतको स्वागत मन्तव्य तथा नगर सचिव ज्ञान प्रसाद कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->