आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

मुख्यमन्त्रीका पिताको नाममा रहेको कोषलाई रजिष्टे«सनमा छुट

मुख्यमन्त्रीका पिताको नाममा रहेको कोषलाई रजिष्टे«सनमा छुट


  • ढोरपाटन संबाददाता
  • फाल्गुन १८ २०७८, बुधबार

पोखरा/ कृष्णचन्द्र नेपाली नेतृत्वको गण्डकी सरकारमा देखिने र सुनिने काम गरेको मन्त्रालय हो–स्वास्थ्य तथा जनसंख्या मन्त्रालय । बिरामीलाई चाहिने रगतको निःशुल्क व्यवस्था होस् वा महिलाहरुको पाठेघरको मुखको क्यान्सरको निःशुल्क उपचार नै किन नहोस् ! सरकारले स्वास्थ्य मन्त्रालयकै कामलाई उपलब्धीको रुपमा देखाउन पाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेको बताउँदै आएकी छन् ।

फेवासहित ८ तालहरुको संरक्षण,सीमाङ्कन र मापदण्ड निर्धारण पोखराको हकमा पेचिलो मुद्दा हो । यी विषय हेर्ने छुट्टै निकाय नभएको अवस्थामा गण्डकी प्रदेश सरकारले ताल विकास प्राधिकरणको परिकल्पना ग¥यो । यसअघिको पृथ्वीसुब्बा गुरुङ नेतृत्व सरकारले २०७६ फागुन २३ गते डाक्टर अनुप गुरुङलाई प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त ग¥यो । प्राधिकरणको कार्यकारी प्रमुख भएसँगै गुरुङले ताल संरक्षणको लागि अध्ययन सुरु गरे तर उनी सो पदमा धेरै समय रहेनन् । ४ वर्षे कार्यकाल नसक्दै उनले गएको कात्तिक ५ गते पदबाट राजीनामा दिए । गण्डकीमा सरकार परिवर्तन भएसँगै गुरुङले पदबाट राजीनामा बुझाएका हुन् । प्राधिकरण कार्यकारी प्रमुखविहीन भएको लामो समयपछि मात्रै कृष्णचन्द्र नेपाली नेतृत्वको गण्डकी सरकारले प्राधिकरणको कार्यकारी प्रमुख खोज्ने जमर्को गरेको छ । गण्डकी सरकारको सोमबारको बैठकले कार्यकारी प्रमुखको लागि दरखास्त आह्वान गर्ने तथा योग्यमध्ये ३ जनाको नाम सरकारलाई सिफारिस गर्न गण्डकी नीति तया योजना आयोगका सचिवको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । यो समितिले १५ दिन समयसीमा दिएर दरखास्त आह्वान गर्ने र ३ जनाको नाम सिफारिस गर्ने सरकारका प्रवक्ता भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले जानकारी दिए ।

सिंचाइसम्बन्धमा बनेको विधेकय २०७८ लाई आउँदो प्रदेश सभा बैठकमा टेबुल गर्ने र खानेपानी सर्वेक्षण नम्स २०७८ पनि स्वीकृत गरेको छ । गण्डकी मन्त्रिपरिषद्को बैठकले मनाङ जिल्लाको नासों गाउँपालिकाको सिमाना संशोधन गर्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको पनि प्रवक्ता खड्काले जानकारी दिए । उनका अनुसार तत्कालीन तार्चे बगरछाप गाउँपालिकाको १,२,३,४ र ५ मिलेर हालको वडा नम्बर ८ बनेको, र साविक ६,७,८ र ९ मिलेर हालको वडा नम्बर ९ बनाइँदा सीमानामा त्रुटि भएकोले गाउँपालिकाले सच्याउन माग गरे बमोजिम सीमा सच्याउन सिफारि गरिने भएको हो । सरकारले यसअघि गोरखा र नवलपुरका केही गाउँपालिकाका वडाहरुको सीमाङ्कन फेरबदलको सिफारिस गरिसकेको छ । सरकारले मुख्यमन्त्रीका पिता गोवद्र्धन शर्माको स्मृतिमा स्थापित गोकर्ण शर्मा स्मृति कोषको लागि प्राप्त हुन लागेको जग्गाको रजिष्ट्रेसन शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । स्वर्गीय गोवद्र्धनका छोरा डाक्टर जगदिशचन्द्र पोखरेलले तनहुँको फराकचौरको एक रोपनी जग्गा कोषको नाममा छुट्टयाएका हुन् ।

यस्तै सरकारले गण्डकी स्वास्थ्य निर्देशनालयको निर्देशक पदमा खिमबहादुर खड्का र प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रको निर्देशकमा डा. रोशन न्यौपानेलाई पठाउने निर्णय गरेको छ । न्यौपाने संघबाट प्रदेशमा आएपछि उनको लागि यसअघि खड्काले चलाउँदै आएको आपूर्ति केन्द्रको जिम्मा दिइएको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->