पोखरा\नेपाली कांग्रेस बागलुङ प्रतिनिधिसभा क्षेत्र नं. १ प्रदेश सभा (ख)ले तरुण जागौं, गाउँ जाऔं, जनता जगाऔं कांग्रेस जिताऔं अभियान संचालन गरेको छ । आगामी स्थानिय तहलाई लक्षित गरी गाउँगाउँमा तरुण युवाहरुको सक्रियताका आम सर्वसाधारणलाई नेपाली कांग्रेसका मुद्धा र धारणलाई बुझाउने उद्देश्य अनुरुप अभियान संचालन गरिएको हो । अभियानको विहिबार जिल्लाको जैमिनी नगरपालिकाको कुश्मिसेरा बजारमा बृहत ¥याली र कोण सभा सहित शुभारम्भ गरिएको छ । शुभारम्भ कार्यक्रममा २ सय बढि मोटरसाइकल ¥याली गरी तरुण युवाहरुले कांग्रेसको अभियान शुभारम्भ भएको सन्देश दिएका थिए ।
¥याली पछिको कोण सभामा बोल्दै नेपाली कांंग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठले हरेक निर्वाचनमा तरुण युवाहरुको महत्वपूर्ण भुमिका हुने बताए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव हरिहर शर्माले जनता अझै पनि हालै मात्र संसद बाट पारित भएको एमसीसीको बारेमा नबुझेका कारण अब बुझाउने जिम्मा कांग्रेसको भएको बताए । प्रदेश सभा क्षेत्रीय सभापति दलबहादुर श्रीष रानाको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाल महिला संघका जिल्ला सचिव एवं प्रदेश महाधिवेशन प्रतिनिधि उषा पौडेल, नेपाल तरुण दल जैमिनी नगरपालिकाका सभापति एवं प्रदेश महाधिवेशन प्रतिनिधि लेखबहादुर थापा रोहितलगायतले अब गाउँमा युवाहरुले मजबुत कांग्रेस निर्माणमा महत्वपुर्ण भुमिका खेल्ने बताए । प्रदेश क्षेत्र भित्रका १८ वटै वडाका युवाहरुको सक्रियता रहेको कार्यक्रममा सवै युवाहरुलाई गाउँमा कांग्रेसका विचार र सिद्धान्तका बारेमा सर्वसाधारणलाई बुझाउनका लागि क्षेत्रीय समितिले निर्देशन दिएका छ ।





