शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

प्रेसचौतारी गण्डकीको अध्यक्षमा इन्द्रपौडेल

प्रेसचौतारी गण्डकीको अध्यक्षमा इन्द्रपौडेल


  • तारानाथ आचार्य
  • फाल्गुन २० २०७८, शुक्रबार

पोखरा/ प्रेस चौतारी नेपाल, गण्डकी प्रदेश कमिटिको अध्यक्षमा पोखराका इन्द्र पौडेल चयन भएका छन् । बिहिबार पोखरामा सम्पन्न पहिलो अधिबेशनले पौडेल नेतृत्वमा ४५ सदस्यीय प्रदेश कमिटि गठन गरेको हो । प्रदेश कमिटिको उपाध्यक्षमा बागलुङका उमाकान्त शर्मा, महिला उपाध्यक्षमा कास्कीकी रोशनी गुरुङ, महासचिवमा लमजुङका आश गुरुङ, सचिवमा कास्कीकी कमल सुबेदी र स्याङ्जाका गोपाल जिटि तथा कोषाध्यक्षमा नवलपुरका भविश्वर पाण्डे सर्बसम्मत रूपमा चयन भएका हुन् ।

सदस्यहरुमा गिता राना मगर, रञ्जिता शर्मा, गौरव त्रिपाठी, कृष्ण किसान, वालकृष्ण सुवेदी, एकराज गिरी, समर रानाभाट, सालिकराम भट्टराई, रोशन लामिछाने, अमिर सुवेदी, डिलबहादुर विक, राजन पौडेल, सुजन न्यौपाने, आइतेलाल थकाली, विकास विक, उद्दव कुमाल, कुमार पौडेल, बसन्त अधिकारी, सागर गिरी, राजकुमार श्रेष्ठ, ध्रुवराज सुवेदी, मदन तिमिल्सिना, शर्मिाला विक, राजन उपाध्याय, युवराज गुरुङ, खिमा गुरुङ, सृजना वराल, गणेश श्रेष्ठ, राजन खरेल, निरज थकाली, दिपक पौडेल, राजाराम पौडेल, अनुज अधिकारी, कृष्णराज अचार्य, लक्ष्मीनारायण देवकोटा, निर्भिक नारायण भुर्तेल र कृष्ण कंडेल चयन भएका छन् ।
चौतारीको राष्ट्रिय महाधिबेशन फागुन २७ र २८ गते पोखरामा हुँदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->