आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

माओवादी केन्द्रीय समिति बैठक सुरु

माओवादी केन्द्रीय समिति बैठक सुरु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २० २०७८, शुक्रबार

काठमाडौं/ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक राष्ट्रिय सभागृहमा सुरु भएको हो ।

बैठकमा पदाधिकारी चयन र संसदबाट पारित एमसिसी सम्झौताले पार्टी भित्र निम्त्याएको विवादका विषयमा छलफल गर्ने तयारी छ । पहिलो दिन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले धारणा राख्ने बताइएको छ ।

आठौं महाधिवेशनपछि पहिलोपटक बसेको माओवादीको केन्द्रीय समिति बैठकले अध्यक्षमा प्रचण्डलाई पुनर्निर्वाचित गरेको थियो । माओवादी केन्द्रले अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारी चयन गर्न बाँकी छ ।

त्यस्तै स्थायी समिति, पोलिटब्युरो गठन र केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँटको काम पनि भएको छैन । यसपटकको बैठकबाट यी सबै विषय टुंग्याउने माओवादीको तयारी छ ।

यस्तै संशोधनबिना एमसिसी पास गर्न नहुने आठौं महाधिवेशनको ‘म्यान्डेट’ र जबरजस्ती संसदमा पेस गरे सरकारबाटै बाहिरिने तथा विपक्षमा मतदान गर्ने संसदीय दलको निर्णय विपरित अध्यक्ष प्रचण्ड अघि बढेपछि माओवादीमा अहिले विवाद देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->