पोखरा/ नेकपा माओवादी केन्द्र पोखरा महानगर समितिको अध्यक्षमा हरिनारायण गिरी‘विज्ञान’ चयन भएका छन् । मंसिरको दोस्रो साता नगर अधिवेशन सम्पन्न गरे पनि माओवादीले पदाधिकारी चयन गर्न सकेको थिएन । अध्यक्षमा प्रत्यासी बढी भएपछि नेतृत्वले पदाधिकारी चयनमा ढिलाइ गरेको थियो । माओवादी केन्द्रले पोखरा महानगरमा ८ हजारभन्दा बढी क्रियाशिल सदस्य रहेको बताउँदै आएको छ ।
समितिको उपाध्यक्षमा भानुभक्त अधिकारी र पुष्प ढुङ्गाना, सचिवमा हर्कमान विक र जनक पराजुली, सहसचिवमा विमला पहारी र कोषाध्यक्षमा सूर्यराज तिवारी चयन भएका छन् ।





