मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

मानवअधिकार रक्षक प्रादेशिक सम्मेलन सुरु

मानवअधिकार रक्षक प्रादेशिक सम्मेलन सुरु

हामी अक्कडे भूमिकामा छौं : प्रदेश प्रमुख


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०७८, शनिबार

पोखरा/ गण्डकी प्रदेशस्तरीय मानव अधिकार रक्षक प्रादेशिक सम्मेलन पोखरामा सुरु भएको छ । मानव अधिकारका लागि अग्रपंक्तिमा रहेर काम गर्ने रक्षकहरुका अधिकार, सुरक्षा, नीति तथा भावी कार्यक्रमबारे छलफल सम्मेलनको एजेण्डा हो ।

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको गण्डकी प्रदेशस्तरीय सम्मेलनमा बोल्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधान र कानून हुनेखाने र पढेलेखेकाले मात्रै उपयोग गरेको अनुभूति सुनाए । उनले देशको अधिकांश ग्रामीण भेगमा संविधानको अनुभुति नै हुन नसक्दा मानव अधिकारको हनन भएको तर्क गरे । मानव अधिकार आयोगमार्फत नै प्रत्येक नागरिकले आफ्नो अधिकारका बारेमा अनुभूति गर्न पाउने अवस्था निर्माण हुनुपर्नेमा उनको जोड थियो मानवीय चेतना विकासका लागि प्राकृतिक बनोट अक्कडो रहेको सुनाए । ‘हामी प्रकृतिको सुन्दरताको निकै वर्णन गर्छौँ तर भौगोलिक हिसाबले हामी निकै अक्कडो स्थानमा छौं’, उनले भने,‘मानव विकासको दृष्टिकोणले निकै पछि छौं । अक्कड भूवनोटकै कारण समथर भूभागमा १० किलोमिटसम्म बाटो बनाउने खर्चले पहाडमा एक किलोमिटर बनाउन पनि मुस्किल भएको उनको भनाइ थियो ।

राष्ट्रिय मानव अधिकार आयोग केन्दीय अध्यक्ष तपबहादुर मगरले प्रदेश सम्मेलनले मानव अधिकार रक्षकका लागि आवश्यक पर्ने नीति तथा कार्ययोजनाबारे निचोड निकाल्नेमो बताए । आयोगका मुख्य सचिव मुरारीप्रसाद खरेलले आयोगले ७ प्रदेशमै सम्मेलनको आयोजना गरेको जानकारी दिए । २ दिनसम्म चल्ने सम्मेलनमा मानव अधिकार, अन्याय र अत्याचारको विषयमा छलफल हुने बताए । उनले दलित तथा अपांग अधिकारकर्मी कुनै सूचना माग्न सरकारी निकायमा जाँदा सूचना नदिने तर अन्य जातका जाँदा भने सूचना दिने गरेको सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->