शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

रत्नेचौरमा महायज्ञ हुने

रत्नेचौरमा महायज्ञ हुने


  • हरिकृष्ण गौतम
  • फाल्गुन २२ २०७८, आइतबार
????????????????????????????????????

म्याग्दी/ बेनी नगरपालिका–१, रत्नेचौरमा हुन लागेको धार्मिक महोत्सवको तयारीलाई तीव्र पारिएको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेका रत्नेचौरस्थित पदम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा फागुन २३ देखि ३० गतेसम्म ‘रत्नेचौर धार्मिक महोत्सव–२०७८’ आयोजना गरिएको हो । लक्ष्मीहरि भगवानको २५ औं रजत जयन्ती तथा संस्थापकचार्य जगतगुरु अनन्त श्री विभूषित श्रीपराङ्कुशाचार्य यतिराज जीयर स्वामीजी महाराजको नाक्षत्र शताब्दीको अवसरमा धार्मिक महोत्सवका रुपमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको मन्दिरका अध्यक्ष एवम् मुल आयोजक समितिका संयोजक नेत्रबहादुर महतले जानकारी दिए ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा मुल संयोजक महतले महोत्सवको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल (नेपाली)ले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उनले धार्मिक गन्तब्य बनाउने अभियानमा समुदायको साथ भएको जिकिर पनि गरे । पर्यटन, खेलकुद तथा धार्मिक क्षेत्रका लागि सम्भावना रहेको रत्नेचौरको थप सम्भावनाको उजागर तथा प्रचारप्रसार र लक्ष्मीहरि मन्दिरको चौतर्फि विकासका लागि महोत्सव कोशेढुगा सावित हुने वडा अध्यक्ष एवम् मुल आयोजक समितिका वरिष्ठ उपाध्यक्ष टेकबहादुर रावलले बताए । ‘रत्नेचौर धार्मिक दृष्टिकोणले पनि धेरै महत्वपूर्ण छ’,उनले भने,‘धार्मिक गन्तव्य बनाउन स्थानीय समुदाय निरन्तर सक्रिय छौँ ।’महाज्ञयको अवसरमा विभिन्न जिल्लामा रहेका धार्मिकस्थलबाट समेत भक्तजनहरुको आगमन हुने जनाइएको छ । धार्मिक महोत्सवका प्रचारप्रसार तथा आवश्यक तयारीका लागि १५१ सदस्यीय समिति गठन गरि तयारीलाई तीव्रता दिइएको प्रचार प्रसार समितिका संयोजक विक्रम बोगटीले बताए ।मन्दिर स्थापना भएको २५ वर्ष र मन्दिरका संस्थापकाचार्य १०० वर्ष पूरा भएको अवसरमा आयोजित सप्ताहव्यापी महायज्ञमा संकलन हुने रकमलाई समेत यस क्षेत्रको धार्मिक पर्यटन पूर्वाधार निर्माणमा परिचालन गरिने मुल आयोजक समितिका उपाध्यक्ष चिरञ्जीवी बोगटीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->