शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

चौतारीको महाधिवेशन तयारी पुरा, १२ सय पत्रकार पोखरा आउदै

चौतारीको महाधिवेशन तयारी पुरा, १२ सय पत्रकार पोखरा आउदै


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २६ २०७८, बिहिबार

पोखरा – गण्डकी प्रदेशको राजधानी पर्यटकीय शहर पोखरामा हुने प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ ।

महाधिवेशनको तयारी पुरा भएको र शुक्रवार दिउसो नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपि शर्माले पोखरा सभागृहमा भब्य कार्यक्रमका विच उदघाटन गर्ने कार्यक्रम तय भएको मुल ब्यवस्थापन समितिका संयोजक गणेश पाण्डेले वताए । नयाँ नेतृत्व निर्माण समेत चयन हुने यो महाधिवेशन भोली र पर्सी सभागृहमा नै हुनेछ ।

संयोजक पाण्डेका अनुसार देशभरबाट १ हजार २ सय पत्रकारहरु महाधिवेशन प्रतिनिधीको रुपमा पोखरा आउने क्रम सुरु भएको छ । महाधिवेशनमा भौगोलिक ७ प्रदेश र एशोसियट, प्रतिष्ठान र बागमती गरी संगठनका १० वटै प्रदेशबाट छानिएका प्रतिनिधीले महाधिवेशनमा भाग लिनेछन ।

महाधिवेशन पोखराको गौरव भएकोले यसलाई भब्य रुपमा समपन्न गर्न सवै तयारी ब्यवस्थित गरिएको कास्की चौतारीका अध्यक्ष अर्जुन गिरीले वताए । उनका अनुसार आवास, खाद्य व्यवस्थापन, स्वयमसेवक, मञ्च ब्यवस्थापन, अतिथि सत्कार लगायतका उपसमितिहरुले आफ्नो जिम्मेवारीको काम पुरा गरेका छन् ।

चौतारीको यो महाधिवेशन नीति र नेतृत्व निर्माणका हिसाबले महत्वपूर्ण हुने चौतारीका केन्द्रिय अध्यक्ष गणेश वस्नेतले वताए । नीति र नेतृत्व निर्माणको साथमा महाधिवेशनमा सञ्चार क्षेत्रका वर्तमान मुद्दाका बारेमा समेत महत्वपूर्ण छलफल हुनेछ ।

अध्यक्ष वस्नेतले ढोरपाटनसंग भने, ‘प्रेस चौतारीको नवौं महाधिवेशन नीति र नेतृत्व निर्माणको हिसाबले महत्वपूर्ण हुनेछ, महाधिवेशनमा अहिलेको सञ्चार क्षेत्रको मुद्दाका बारेमा समेत गम्भीर छलफल गर्नेछौ ।’ महाधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन हुने समेत वस्नेतले बताए । सञ्चार क्षेत्र र खासगरी पत्रकारिता क्षेत्रमा रहेका चुनौतीहरुलाई बोक्न सक्ने खालको नयाँ नेतृत्व चयन हुने अध्यक्ष वस्नेतले वताए ।

महाधिवेशनको उदघाटन शत्रमा विभिन्न क्षेत्रमा योगदान पुराएका ११ जना पत्रकारलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ । हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कार २०७७, प्रेस चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्याल र २०७८ अर्का पूर्व अध्यक्ष गगन विष्टलाई प्रदान गरिने मुल ब्यवस्थापन समितिका संयोजक पाण्डेले वताए । महाधिवेशनमा भाग लिन केन्द्रिय समितिका सवै सदस्यहरु पोखरा आईपुगेका छन् । केन्द्रिय समितिको अन्तिम बैठक आज नै पोखरामा वस्दैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->