शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

चौतारीको अध्यक्षमा पुनः गणेश वस्नेत निर्वाचित

चौतारीको अध्यक्षमा पुनः गणेश वस्नेत निर्वाचित


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २८ २०७८, शनिबार

पोखरा – प्रेस चौतारी नेपालको नवौं महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा पुनः गणेश बस्नेत चयन भएका छन् । शनिबार भएको वन्द शत्रले रातीअवेर बस्नेतको अध्यक्षतामा १५१ सदस्यीय केन्द्रिय समिति सर्वसम्मत रुपमा चयन गरेको अध्यक्ष मण्डलका अध्यक्ष विष्णु रिजालले वताए ।

नेकपा एमालेका प्रचार विभाग उपप्रमुख समेत रहेका रिजालले नयाँ समिति घोषणा गरेका हुन् । चौतारीको उपाध्यक्षमा गणेश पाण्डे, राजेश राई, देविका घर्ती मगर र सविन प्रियसन, महासचिवमा हिरामान लामा, उपमहासचिवमा राजु सुवेदी र सुरोजजंग पाण्डे, सचिवमा गण्डकीबाट शुष्मा पौडेल, विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, प्रदीप आचार्य, विष्णु शर्मा, लोक्सरी कुँवर, हरिबल्लभ नेपाल र कोषाध्यक्ष इन्द्र आचार्य सर्वसम्मत चयन भएका छन् ।

भूगोलतर्फका सदस्यहरुमा गण्डकीबाट तारानाथ आचार्य,  हिमलाल पराजुली, माधव बराल, जमुना शर्मा, बेलिना थापा, कविता श्रेष्ठ, प्रकाशचन्द्र भट्टराई, प्रकाश पौडेल र हिमालदेव पंगेनी चयन भएका छन् । अन्य सदस्यहरुका वारेमा छलफल जारी रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->