पोखरा–पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताले एमसीसी सम्झौता जलाएका छन् । पोखरा पृथ्वीचोकमा एमसीसी राष्ट्रघात रहेको भन्दै उनीहरुले विरोध स्वरुप जलाएका हुन् ।
एमसीसीको विरोध गर्दै राप्रपा कास्की जिल्ला अध्यक्ष नारायण गुरुङले नेताहरुले देश बेचेको आरोप लगाए । ‘देशलाई विदेशी तत्व र विदेशीलाई दलालहरुले बेचिसके ।

यसका लागि हामी सबै होसियार हुन आवस्यक छ’ उनले भने । उनले एमसीसी राष्ट्र हितमा नरहेको भन्दै आफुहरुको आन्दोलन जारी रहेको सुनाए ।
व्याख्यात्मक सम्झौता नागरिकलाई झुक्याउने नाटक रहेको जिल्ला सहिसचिव नारायणहरी तिवारीले बताए । उनले एमसीसीले देशलाई ठुलो हानी पुग्ने बताए ।





