शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

भकिम्लीमा ‘नमुना’ बर्थिङ सेन्टर बन्ने

भकिम्लीमा ‘नमुना’ बर्थिङ सेन्टर बन्ने


  • हरिकृष्ण गौतम
  • चैत्र १ २०७८, मंगलबार

म्याग्दी/ बेनी नगरपालिका–३,भकिम्लीमा सुविधायुक्त बर्थिङ सेन्टर निर्माण हुने भएको छ । ‘वानहर्ट वल्डवाईड’ नामक संस्था र बेनी नगरपालिकाको सहकार्यमा ४५ लाखको लागतमा ७ कोठे भवन निर्माण हुने भएको हो । जिर्ण स्वास्थ्य चौकीको भवनभित्रै रहेको बर्थिङ सेन्टरका कारण प्रसुती सहित उपचारमा समस्या भइरहेको अवस्थामा आवश्यक उपकरण सहित ब्यवस्थित बनाउने गरी सम्झौता बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल र संस्थाका उपेन्द्र चन्दबीच सम्झौता भएको छ ।
भवन अभावमा स्वास्थ्य केन्द्रको सानो कोठामा सुत्केरी सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्य चौकीका अन्य सेवा प्रभावित भइरहेको अवस्था भवन बन्ने भएपछि सहज भएको वडाध्यक्ष पदम पुनले बताए । ‘भवन अभावमा स्वास्थ्य केन्द्रको सानो कोठामा सुत्केरी सेवा दिनुपर्ने बाध्यता थियो,अब सहज हुने छ’,अध्यक्ष पुनले भने । उनले बर्थिङ सेन्टरका लागि सुत्केरी गराउने, स्वास्थ्यकर्मी बस्ने, बेटिङमा बस्ने र हलसहितको भवन निर्माण गरिने छ ।

भवन अभावमा स्वास्थ्य केन्द्रको सानो कोठामा सुत्केरी सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्य चौकीमा भकिम्लीका साथै छिमेकी जिल्ला बागलुङको काठेखोला तथा आसपासका क्षेत्रबाट समेत सेवा लिन आउने गरेका छन् । बेनी नगरका मेयर श्रेष्ठले सुरक्षित प्रसुती सेवाका लागि थप स्रोतसाधनको कमी हुन नदिने बताए । भकिम्लीमा प्रसुतीका लागि दक्ष जनशक्ति भएकाले भवन बनेपछि सहज हुने स्वास्थ्य चौकीले जनाएको छ । स्वास्थ्यचौकी जीर्ण हुँदा झरीमा छाता ओडेर उपचार गर्नुपर्ने बाध्यता रहेको छ । वन हार्ट वल्डवाइडद्वारा म्याग्दीमा मातृ तथा नवजात शिशुका लागि सुरक्षा सञ्जाल परियोजना सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->