बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

राष्ट्रिय स्वास्थ्यकर्मी संघ बागलुङको अध्यक्षमा उमेशचन्द्र

राष्ट्रिय स्वास्थ्यकर्मी संघ बागलुङको अध्यक्षमा उमेशचन्द्र


  • ढोरपाटन संवाददाता
  • चैत्र ३ २०७८, बिहिबार

बागलुङ – राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जिल्ला शाखा बागलुङको अध्यक्षमा स्वास्थ्यकर्मी उमेशचन्द्र सर्वुजा निर्वाचित भएका छन् । विहिवार समपन्न बागलुङ शाखाको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वुजा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।

संघको उपाध्यक्षमा शान्ति पुन, सचिवमा लक्ष्मण कार्की, कोषाध्यक्षमा दिपा शर्मा सापकोटा र सहसचिवमा ललिता घिसिङ पनि सर्वसम्मत रुपमा चयन भएका छन् ।

त्यस्तै शाखाको सदस्यमा लक्ष्मी खत्री लामिछाने, दुर्गादेवी शर्मा, बैगुन्ठ न्यूरे, पृथ्वी थापामगर र उमा खड्का पनि सर्वसम्मत रुपमा नै चयन भएका छन् ।

जिल्ला अधिवेशनको उदघाटन नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रदेश सांसद इन्द्रलाल सापकोटाले गरे । उदघाटन मन्तब्य राख्दै एमाले नेता सापकोटाले मुलुक अव दुई पार्टी प्रणाली जाने वताउदै त्यसका लागि स्वास्थ्यकर्मीहरु पनि लाग्नुपर्ने वताए ।

वहुपार्टी सिस्टमले मुलुकमा राजनैतिक स्थायित्व हुन नसकेको भन्दै सापकोटाले अस्थिरताका कारण निम्तिने विकृति विसंगतीलाई रोक्न पनि दुई पार्टी प्रणालीको आवश्यकता रहेकोमा जोड दिए । एमाले समवद्ध स्वास्थ्यकर्मीहरु क्षमता, क्रियाशिलता र प्रतिस्पर्धामा अब्बल भएर सेवा प्रवाह गर्न पनि आग्रह गरे ।

कार्यक्रममा संगठनका महासचिव डा.झलक गौतम, केन्द्रिय सदस्य तथा धौलागिरी इन्चार्ज तेज प्रसाद सुवेदी, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य तथा ट्रेड युनियनका जिल्ला अध्यक्ष तेजप्रसाद निउरे, पेशागत महासंघका अध्यक्ष मुकुन्द शर्मा पौडेल, स्वास्थ्य प्राविधिक संघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद खनाल र सचिव दिल्ली आचार्य, निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष श्याम कुमार थापा, नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष विष्णुु प्रसाद शर्मा, महिला सामुदायिक स्वास्थ्य स्यमसेविका कल्पना श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

संघका जिल्ला अध्यक्ष नारायण प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विष्णुनाथ सापकोटाले र स्वागत मन्तब्य पार्षद सोमराज पाण्डेयले गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष सर्वुजाले आफुले कर्मचारीको पेशागत सुरक्षा र हक अधिकारका लागि दवावमुलक कार्यक्रम गर्ने, कोभिडको समयमा सेवा प्रवाह गरेका कर्मचारीको घोषणा गरिएको सेवा सुविधा उपलब्ध गराउन पहल गर्ने र नेकपा एमालेले अगाडि सारेको सुखी नेपाली–समृद्ध नेपालको नारालाई सार्थक पार्न सहयोग गर्ने वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->