शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

स्थानीय तह निर्वाचन: उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

स्थानीय तह निर्वाचन: उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते


  • ढोरपाटन संवाददाता
  • चैत्र ४ २०७८, शुक्रबार

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन कार्यक्रम पास गरेको छ। आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकेको छ।

आयोगका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताका लागि छुट्याइएको छ । जसका आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ ।

त्यसैगरी, वैशाख १२ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको नामको सूची प्रकाशित गर्ने आयोगले जनाएको छ । वैशाख १३ मा उम्मेदवारविरुद्ध उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने आयोगले जनाएको छ ।

सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने र १७ गते चुनाव चिन्ह प्रदान गरिने छ।
वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनअन्तर्गत् २७ गते मध्यरातदेखि मौन अवधि लागू हुनेछ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->