बागलुङ/संगठन बिस्तार तथा संस्थागत बिकासमा योगदान गरेको भन्दै नेपाल महिला संघ बागलुङले दश जना महिलालाई सम्मान गरेको छ ।
संघले संस्थापक अध्यक्ष लक्ष्मी जिसी कार्की सहितका अगुवा महिलालाई सम्मान गरेको हो । १ सय १२ औं महिला दिवशको अवसरमा राखिएको कार्यक्रम शुक्रबार पूरा भएको हो । उक्त दिन पार्टीको गाउँ जागरण अभियान भएकोले शुक्रवार विशेष कार्यक्रम गरेर सम्मानित गरिएको अध्यक्ष शकुन्तला शर्माले जानकारी दिइन् ।
सम्मानित हुनेमा महिला संघ बागलुङकी संस्थापक अध्यष लक्ष्मी जिसी कार्की, संविधानसभा सदस्य रत्ना शेरचन, पूर्व अध्यक्ष चुनुमाया चर्माकार, प्रदेश सभा सदस्य कोपिला बोहोरा, एकल महिला समितिकी अध्यक्ष खड्गकुमारी खड्का, अगुवा महिलाहरु राधिका पुन, पोटकुमारी जिसी, इन्द्र श्रेष्ठ, सरोजा मल्ल र मिठू खड्का सम्मानित भएका हुन् । कार्की २०४६ सालमा बहुदलीय व्यवस्था लागू भएपछि पहिलो पटक संघको अध्यक्ष बनेकी थिइन् ।
कांग्रेस केन्द्रीय प्रतिनिधि दिलमान पाख्रिन र केन्द्रीय सदस्य चम्पा खड्काले ती महिलालाई सम्मान गरेका हुन् । सम्मान गर्दै पाख्रीनले महिला अगाडि नबढेसम्म पार्टी हरु बलियो नबन्ने बताए । अध्यक्ष शर्माले पनि अब महिलाहरु गृहीणी मात्र भएर नबस्ने भन्दै राजनीतिमा राशन, भाषण र शासनमा अगाडि बढ्ने बताइन् ।
सम्मानित भएका महिलाहरु सामाजिक र राजनीतिक रुपमा अगुवा भएपनि पार्टीको पदमा भने गएका छैनन् । पार्टीको अधिवेशनमा भने सचिवमा गण्डकी थापा र सहसचिवमा ज्ञानकुमारी श्रीष निर्वाचित भएका छन् ।
म्हिला संघकी अध्यक्ष शकुन्तला शर्माको अध्यक्षता, सचिव उशा पौडेलको संचालन, सचिव भगवती केसीको स्वागतमा सम्पनन कार्यक्रममा केन्द्रीय सदस्य चम्पादेवी खड्का, संविधानसभा सदस्य रत्ना शेरचन, पार्टी सभापति जीतबहादुर शेरचन, गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठ, पार्टी सचिव हरिहर शर्मा लगायतले मन्तव्य राखेका थिए ।





