शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

विप्लव नेकपाले बनायो बेनीमा जेब्राक्रस

विप्लव नेकपाले बनायो बेनीमा जेब्राक्रस


  • ढोरपाटन संवाददाता
  • चैत्र ७ २०७८, सोमबार

बेनी/ नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले म्याग्दीको सदरमुकाम बेनीबजारको मुख्य चोकमा जेब्राक्रस बनाउन थालेको छ। एकतर्फी यातायात सञ्चालन गरेपनि ट्राफिक ब्यवस्थापनमा न्यूनतम पूर्वाधारतर्फ सम्बन्धित निकायले ध्यान नदिएपछि विप्लवका नेताकार्यकर्ताले जिल्ला प्रशासन,जिल्ला समन्वय समिति अगाडी जेब्राक्रस बनाएर रचनात्मक काम सुरु गरेका हुन् । नेकपा म्याग्ग्दीकी नेता दिपा,उषालगायतका नेताकार्यकताको उपस्थितीमा बिरेन्द्रचोकबाट सुरु भएको अभियानलाई सदरमुकामभित्र आवश्यक पर्ने स्थानमा बनाउने नेकपाले जनाएको छ ।
यसअगाडी नगरपालिका अन्तरगत वडाले जेब्राक्रस बनाएपनि जेब्राक्रसको कमै प्रयोग भइरहेको थियो । नेकपाले बजारभित्रको खाल्टाखुल्टी समेत पुर्ने जनाएको जनप्रगतिशिल पत्रकार संगठन म्याग्दीका अध्यक्ष बादल शाहीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->