आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

१८ औं एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा

१८ औं एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा


  • ढोरपाटन संवाददात
  • चैत्र ७ २०७८, सोमबार

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्र्ड–२०७७ को तयारी पूरा भएको छ ।

भोलि (मंगलबार) कमलादीस्थित प्रज्ञा भवनको हलमा भव्यसँग आयोजना हुने १८ औं संस्करणको स्पोर्ट्स अवार्डको सम्पूर्ण तयारी पूरा भएको मञ्चका अध्यक्ष एवं संयोजक दुर्गानाथ सुवेदी (देवेन्द्र) ले जानकारी दिए ।

कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले मञ्चले पछिल्लो एक दशक नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी र प्रशिक्षकलाई खेलमा उनीहरूको उपलब्धिका आधारमा अवार्ड प्रदान गरिनेछ ।

अवार्डका लागि पिपल्स च्वाइस विधाको भोटिङ आज सकिँदैछ । यसपालि पिपल्स च्वाइसका लागि फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबल टेनिसकी एलिना महर्जन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल प्रतिस्पर्धामा छन् ।

उनीहरूका लागि समर्थकले विद्युतीय भुक्तानी माध्यम ई–सेवामार्फत गरिने मतदान आज राति १२ बजे सम्म गर्न सक्नेछन् ।

पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ–टाइम एचिभमेन्ट, टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मानको घोषणा मंगलबारनै गरिने छ ।

यस वर्ष पनि वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित आकर्षक उपहार प्रदान गरिनेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->