शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

अनुमतिबिनै प्याराग्लाइडिङ !

अनुमतिबिनै प्याराग्लाइडिङ !

सीप छ भन्दैमा विना अनुमति जहाँ पनि उडान गर्न मिल्दैन्, निषेधित क्षेत्रहरूमा त अनुमति पाउनै मुस्किल हुन्छ ।


  • हरिकृष्ण गौतम
  • चैत्र ७ २०७८, सोमबार
म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित धार्मिक पर्यटकीय स्थल ताकमको आकाशमा प्याराग्लाडिड । तस्वीर सौजन्यः कृष्णराज पौडेल

बेनी/ गएको पुस १९ गते म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित धार्मिक पर्यटकीय स्थल ताकमकोतबाट एक विदेशीले प्याराग्लाइडिङ उडान गरे । भ्रमणको सिलसिलामा अष्ट्रियाबाट आएका विदेशीले समुन्द्री सतहदेखि २ हजार ५ सय मिटर उचाइमा रहेको ताकमकोत परिसरबाट टेकअफ गरी ताकम गाउँको किमचोर फाँटमा ल्याण्ड गरे ।एक्कासी प्यारामा उडेर आएका विदेशीलाई ताकम प्रहरी चौकीबाट प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा नेपालको नियम जानकारी नभएको बताउँदै अव अनुमति विना उडान नगर्ने लिखित रुपमै माफी मागेपछि प्रहरीले छोड्यो ।

केहीदिन अगाडी बेनी नगरपालिका–५,पुलाचौरको गाजनेस्थित रहेको ऐतिहासिक डढेकोट दरबार आसपासमा समेत प्याराग्लाडिड उडान गरेको तस्वीर सार्वजनिक भयो ।बस्तीमाथि प्यारासुटमा उडान गरिरहेकाको बारेमा स्थानीयलेसमेत खासै चासो देखाएनन् भने प्रहरीले जानकारी नै छैन।नेपाली तथा विदेशीले व्यावसायिक प्याराग्लाडिडको सम्भाव्यताबारे अध्ययन गर्ने भन्दै सम्बन्धित निकायबाट अनुमति नलिई उडान गर्ने गरेका छन् ।अग्लो स्थानमा घुम्दै गएका विदेशीले प्यारामा आकासमा उडेर आठ हजार मिटरभन्दा अग्ला धवलागिरि,अन्नपूर्ण प्रथमका साथै निलगिरि,माछापुच्छ्रे«सहित हिमश्रृंखाकोसाथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्तीको अवलोकनसहित आफ्नो भ्रमणलाई अविस्मरणीय बनाउने बाहनामा नियम विपरितको गतिविधिमा संलग्न हुने गरेको छन् ।

विश्व पर्यटन बजारमा ख्याति कमाएको प्याराग्लाडिडलाई विदेशीले एउटा अवसरको रुपमा लिने गरेकाले समेत जथाभावी उडान गर्ने गरेको नेपालका पहिलो व्यावसायिक प्यारापाइलट राजेश बमजनको बताए ।‘सीप छ भन्दैमा विना अनुमति जहाँ पनि उडान गर्न मिल्दैन्,निषेधित क्षेत्रहरूमा त अनुमति पाउनै मुस्किल हुन्छ’, बमजनले भने ।उनले घुम्न गएका विदेशीले रमाइलोका लागि उडान गर्दा दुर्घटनामा ज्यानै गुमाउने र गम्भीर घाइते अवस्थामा उद्धारसमेत गरिएको बताए ।लाइसेन्स प्राप्त प्यारापाइलटले समेत शिकार आरक्ष, निकुञ्ज, सुरक्षा निकायका साथै राज्यले जोखिम र संवेदनशील क्षेत्र मानेको स्थानहरूमा उडान गर्न नमिल्ने बताए ।

हावाको चाप र अन्य भौगोलिक हिसावले प्याराग्लाडिडका लागि उपयुक्त भएका क्षेत्रहरूमा पर्यटन ब्यवसायीको आग्रहमा अनुमति लिएर निश्चित समयका लागि भने उडान गर्न सकिने उनले बताए । प्याराग्लाडिडको परीक्षण उडानका लागि टेक अफ गर्ने स्थान र ल्याण्ड गर्ने जमिनको पहिचान नगरी उडान गरेकाहरूको दुर्घटनामा उद्धार गरिएकाले सचेत हुनुपर्ने प्यारापाइलट बमजनको भनाई छ ।यता म्याग्दीका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले प्रहरी र प्रशासन कार्यालयले अनुमति दिन नमिल्ने बताए । उनले सम्बन्धित निकायबाट अनुमति लिएपछि जिल्लामा समेत जानकारी गराउनुपर्ने बताए । ‘ताकममा प्रहरीले लिखित कारवाही गरेको छ,जहाँ देखेपनि सुचना पाए त्यही पुगेर अनुसन्धान गर्छौँ, प्रनाउ राईले भने । जिल्लाभित्र दुई जना नभई एकल उडान मात्रै देखिएको प्रहरीले जनाएइको
छ ।

करिब एकदशक अगाडी म्याग्दीको मंगला गाउँपालिका–१ थाईवाङमा एक विदेशी नागरिकको प्याराग्लाइडिङ दुर्घटनामा ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->