राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी दशकका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको १८ औं संस्करणमाको पुरुष तर्फ पारस दशकको उत्कृष्ट खेलाडी तथा महिला तर्फ सावित्रा भण्डारी दशक खेलाडी अवार्डबाट सम्मानित भएका हुन् ।
गत वर्ष कोरोनाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नभएका कारण मञ्चले उत्कृष्ट पुरुष, महिला र प्रशिक्षक दशकको प्रदर्शनका आधारमा छनोट गरेको थियो ।
उता पिपल्स च्वाइस विधा भने टेबलटेनिसकी एलिना मर्हजले जितेकी छिन् । उनले क्रिकेटका ओपनर कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबल की गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई पछि पार्दै उक्त अवार्ड जितेकी हुन् ।
उनले भोट मार्फत उक्त अवार्ड जितेकी हुन् । एलिनाले ४७.८३३ मत प्राप्त गर्दै अवार्ड जितेकी हुन् । उनी नेपाली टेबलटेनिसमा दोस्रो वरीयतासम्म पुगेकी महिला खेलाडी, सागमा लगातार दुई पदक (१२ र १३ औं दक्षिण एसियाली खेलकुदको महिला टिम इभेन्टमा कांस्य पदक जित्न सफल) भएकी थिइन् ।
डा. अजय राणा स्पेशल अवार्ड अन सिन हिरोबाट सम्मानित भएका छन् । धाविका पुष्पा भण्डारी स्पेशल अवार्ड पर्फमर अफ दि इयरबाट सम्मानित भएकी हुन् ।
एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) का अध्यक्ष सताम अल साहली एसियन स्पोर्टस् स्पार्टस् जर्नालिस्ट अवार्डबाट सम्मानित भएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमाटाले दशकका उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको कोच अफ द डिकेटका रुपमा टमाटा सम्मानित भएका हुन् ।
सरिता थुलुङ पल्सर स्पोर्टस अवार्डमा पारा एथलिट अनरबाट सम्मानित भएकी छन् । सरिता पारा एथलिट अनरबाट सम्मानित भएकी हुन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीले वर्षको उत्कृष्ट टोलीको अवार्ड जितेको छ





