आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘डि’ लाइसेन्स प्रशिक्षण सम्पन्न

‘डि’ लाइसेन्स प्रशिक्षण सम्पन्न


  • ढोरपाटन संवाददाता
  • चैत्र ९ २०७८, बुधबार

अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा तथा कास्की जिल्ला फुटबल संघको आयोजनामा गण्डकीमा प्रशिक्षक उत्पादनका लागि भएको ‘डि’ लाइसेन्स प्रशिक्षण सम्पन्न भएको छ ।

डि लाइसेन्स प्रशिक्षणको सम्पन्न भएसंगै अबको दुई हप्तामा पास हुनेले लाइसेन्स प्राप्त गर्नेछन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगिले सबै प्रशिक्षार्थीहरुलाई प्रशिक्षणको प्रमाणपत्र प्रदान प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले उद्घाटन गरेका थिए ।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले प्रशिक्षणमा गण्डकी प्रदेशका कुल ३२ प्रशिक्षार्थी रहेको बताए । उनीहरुको परिक्षा सकिएको र अब चाडैनै लाइसेन्स प्राीत गर्ने जानकारी दिए ।

फुटबल खेलमा दक्ष र प्रभावकारी प्रशिक्षक उत्पादन गर्ने लक्ष्यका साथ प्रशिक्षणको आयोजना गरिएको हो । नेपालमा प्रशिक्षण उत्पादन गर्ने एन्फाको उदेश्यक रहेको छ ।

एन्फाले फुटबल खेलको ग्रासरुट स्तरबाट विकास गर्दै लैजाने क्रममा कप्रशिक्षकहरुको पनि आवस्यकतालाई मध्येनजर गर्दै कार्यक्रम अघि बढाएको हो । पोखरामा प्रशिक्षण चार दिनसम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->