आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बागलुङ समाजले अमेरिकामा गर्ने भयो चैतेदशैं मेला

बागलुङ समाजले अमेरिकामा गर्ने भयो चैतेदशैं मेला


  • ढोरपाटन संवाददाता
  • चैत्र ११ २०७८, शुक्रबार

बागलुङ – बागलुङ जिल्लामा घर भई हाल अमेरिकामा रहेका नेपालीहरुको साझा संस्था बागलुङ समाज अमेरिकाले चैतेदशैं मेला गर्ने भएको छ । समाजले हिन्दुहरुको पवित्र उत्सव चैत्राष्टमीको अवसरमा चैते दशैं मेला तथा नेपालीहरुको नयाँबर्ष २०७९ को अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष विपिन श्रेष्ठले वताए ।

कार्यक्रमलाई भब्य र सभ्य रुपमा समपन्न गर्नका लागि समाजले विभिन्न समितिहरु निर्माण गरेर काम अगाडि बढाइएको छ । आर्थिक ब्यवस्थापन समितिमा योगेन्द्र राज पराजुली, बिपिन श्रेष्ठ, राजेन्द्र भण्डारी, नीर बहादुर थापा, नीर बहादुर क्षेत्री, लाल कुँवर, लोक छन्त्याल र सन्तोष खत्री रहेका छन् ।

भौतिक ब्यवस्थापन समितिमा मनीलाल विक, बिनित पराजुली, तेज बहादुर खत्री, सन्तोष खत्री, लाल बहादुर कुवँर, ओमकार मगर, सम्राट खड़का, दिपक ढुंगाना, अनिल भण्डारी, बिमल शर्मा, बुद्धि खड़का र शुशील क्षेत्री रहेका छन ।

प्रचार प्रसार समितिमा टुकराज शर्मा, बिप्लप उपाध्याय, राजन क्षेत्री र प्रकाश श्रेष्ठ, खेलकुद सञ्चालन समितिमा ईश्वर थापा, निम शाहनी, रबिन्द्र अधिकारी, दीपेश अधिकारी, ओमकार मगर, लोक छन्त्याल र राम कार्की रहेका छन् । त्यस्तै स्वमसेवक परिचालन समितिमा विकाश जिसी, शंकर खडका, प्रदीप खडका, पुरन जिसी, ईश्वर शर्मा र नरेश आचार्य रहेका छन् ।

सांस्कृतिक एवं मनोरञ्जन र मूलकार्यक्रम संचालन समितिमा राजन ठकुरी, सुन्दर हमाल, गोपाल पौडेल, टुकराज शर्मा, नीर थापा र खेम पुन रहेका छन् । समाजले मेला र नयाँ बर्ष कार्यक्रमलाई भब्यरुपमा समपन्न गर्न सवै नपालीसंग अपिल गरेको अध्यक्ष श्रेष्ठले वताए । मेलामा खेलकुद, सांस्कृतिक, बनभोज लगायतका कार्यक्रम समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->