आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

इटाली विश्वकप छनोट चरणबाटै बाहिरीयो

इटाली विश्वकप छनोट चरणबाटै बाहिरीयो


  • ढोरपाटन संवाददाता
  • चैत्र ११ २०७८, शुक्रबार

फिफा विश्वकपको एक पटकको विजेता इटाली छनोट चरणबाटै बाहिरीएको छ । फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफ अन्तरगत सेमिफाइनल खेलमा नर्थ म्यासेडोनियासँग १–० को हार व्यहोर्दै छनोट चरणबाट बाहिरीएको हो ।

गतवर्षको युरोकपको च्याम्पियन समेत रहेको इटाली विश्वकपमा छनोट हुन असफल रह्यो । इटालीलाई स्तब्ध पार्न इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एलेक्सान्डर ट्राजकोभ्स्कीले गरेको गोल नै निर्णायक बन्यो ।

घरेलु मैदानमा बिहीबार राति भएको खेलमा इटालीले नर्थ म्यासेडोनियामाथि दबाब राखेपनि गोल गर्न नसक्दा हार व्यहोर्न बाध्य भएको हो ।
इटाली लगातार दोस्रो पटक विश्वकप छनोट चरणबाटै बाहिरीएको हो । यसअघि इटाली २०१८ को विश्वकपमा पनि छनोट चरणबाट बाहिरीएको थियो ।

आठ महिनाअघि मात्र रोबार्टो मान्चिनीको टोलीले इंग्ल्याण्डलाई वेम्बलीमा हराउँदै सन् २०२० को युरोकपको उपाधि जितेको थियो ।
विश्वकप छनोटमा इटाली घरेलु मैदानमा ५९ खेलसम्म अपराजित रहेको थियो ।

जसमा ४८ जित र ११ बराबरी रहेको थियो । अब नर्थ म्यासेडोनियाले विश्वकपमा स्थान पक्का गर्न प्ले अफको फाइनलमा २९ मार्चमा पोर्चुगलसँग खेल्नेछ ।

पोर्चुगलले बिहीबार राति नै टर्कीलाई ३–१ ले पराजित गर्दै विश्वकपको छनोट नजिक पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->