आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पपुवा न्यसगिनीको नेपाललाई विशाल लक्ष्य

पपुवा न्यसगिनीको नेपाललाई विशाल लक्ष्य


  • ढोरपाटन संवाददाता
  • चैत्र ११ २०७८, शुक्रबार

पपुवा न्युगिनीले पहिलो ओडिआई खेलमा घरेलु टोली नेपाललाई २ सय ९३ रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९२ रन बनायो । ओडिआईमा पपुवा न्युगिनीको यो हालसम्मकै ठूलो योगफल हो ।

पपुवा न्युगिनीलाई कीर्तिमानी लक्ष्यमा पुर्याउन मध्यक्रमका ब्याटर चाल्र्स अमिनीले १ सय ३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ७७ रनको र तल्लोक्रममा नर्मनले २८ बलमा ४ चौका र ३ छक्का सहित ४७ आक्रामक इनिङ खेले ।

कप्तान असाद भाला ५५ बलमा ११ चौकासहित ६० जोड्दै राम्रो सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर सोमपाल कामीले चौथो ओभरको अन्तिम बलमा ओपनर हिरी हिरीलाई विकेटकिपर अनिल शाहबाट ४ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए ।

स्पिनर दीपेन्द्रसिंह ऐरीको १३ औं ओभरको अन्तिम बलमा ठूलो सट खे्रल्ने धुनमा ओपनर टोनी उरा लङअनमा भीम सार्कीबाट ४७ बलमा ६ चौकासहित ३८ रनमा क्याच भए ।

सन्दीपको २७ औं ओभरको पाँचौं बलमा ठूलो सट खेलेका सेसे बाउ शून्यमा कुशल भुर्तेलबाट क्याच आउट भए ।
दीपेन्द्रले १० ओभरमा १ मेडनसहित ३० रन खर्चेर २ विकेट लिए ।

सोमपाल कामीले ९ ओभरमा ८१ रन खर्चेर २ विकेट लिए । सन्दीपले १० ओभरमा ६२ रन खर्चेर १ विकेट लिए । पवन सरार्फले ५ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । कमलसिंह ऐरीले ९ ओभरमा ५६ रन खर्चेर २ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->