आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

दीपेन्द्रको टि–२० मा पनि शतक

दीपेन्द्रको टि–२० मा पनि शतक


  • ढोरपाटन संवाददाता
  • चैत्र १९ २०७८, शनिबार

नेपालका व्याटर दीपेन्द्रसिंह ऐरीको शतकीय पारीमा नेपालले मलेखियालाई २ सय २४ रनको विशाल लक्ष्य दिएको छ ।

त्रिकोणात्मक टि–२० आई सिरिजमा नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २३ रनको विशाल योगफल तयार गरेको छ ।

नेपालका लागि ब्याटर दीपेन्द्रले ५७ बलमा १० चौका र ६ छक्का सहित सर्वाधिक १ सय १० रनमा अविजित रहे । उनले ५५ बलमा शतक पुरा गरेका थिए । आरिफ शेख २ रनमा अविजित रहे ।

टि–२० मा नेपालको तर्फबाट शतक पुरा गर्ने उनी चौथो खेलाडी बनेका छन् । यसअघि पुर्व कप्तान पारस खड्का,ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टि–२० आईमा शतक प्रहार गरिसकेका छन् ।

घरेलु मैदान टियु क्रिकेट मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालका ओपनर कुशल भुर्तेल १२ रनमा एलबी डब्लु आउट हुन पुगे ।

उनले ८ बलमा २ चौका प्रहार गरे । अर्र्का ओपनर आशिफ शेख १८ रनमा क्याच आउट हुन पुगे । ९ बल खेलेका उनले ३ चौका प्रहार गरे । रोहित पौडेलले अर्ध शतक बनाउँदै आउट हुन पुगे ।

उनले ३४ बलमा ५ चौका प्रहार गरे । अहिले मलेसियाले ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->