आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मलेसिया माथि नेपाल ८५ रनले विजयी

मलेसिया माथि नेपाल ८५ रनले विजयी


  • ढोरपाटन संवाददाता
  • चैत्र १९ २०७८, शनिबार

त्रिकोणात्मक टि–२० आई सिरिजमा नेपालले मलेसियामाथि ८५ रनको जित हात पारेको छ । घरेलु मैदान टियु क्रिकेट मैदानमा भएको प्रतियोगितामा २ सय २४ रनको लक्ष्य पक्ष्याएको मलेसिया १९.५ ओभरमा १ सय ३८ रनमा अल आउट हुन पुग्यो ।

नेपाललाई ८५ रनको जित दिलाउन दीपेन्द्र सिंह ऐरीले महत्वपुर्ण भुमिका खेले नेपाललाई जिताउन दीपेन्द्रले १ सय १० रनको शतकीय इनिङ खेल्नुको साथै २ विकेट लिएका थिए । उनी प्लेयर अफ द म्याच घोषित भए ।

मलेसियाका लागि ओपनर विरनदीपसिंहले २६ बलमा ९ चौकासहित सर्वाधिक ४७ रनमा आउट भए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरीले २ ओभरमा २० रन खर्चेर २ विकेट लिए ।

शतक प्रहार गरेका दीपेन्द्रले ३ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेल र रोहित पौडेलले १–१ विकेट लिए । त्यस अघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २३ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->